सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड लाई आइएटिए स्थान पहिचानकर्ता, आइएटिए स्टेसन कोड वा मात्रै स्थान पहिचानकर्ताको नामले चिनिने गरिन्छ ।[१] यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त विमानस्थलहरूको लागि गर्ने गरिन्छ । यो कोड अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आइएटिए)द्वारा निर्धारित गरिएको हुन्छ । यी चिन्हहरूको उपयुक्त उदाहरण विमानस्थलको प्रवेश जाँच डेस्कमा हेर्न सकिन्छ, जहाँ सामानमा लगाइएको ब्यागेज ट्यागमा यो चिह्न स्पष्ट रूपले अङ्कित हुने गर्छ ।

यो कोड आइएटिएको प्रस्ताव-७६३ द्वारा निर्धारित गर्ने गरिन्छ ।[२] यसको प्रबन्धन मोन्ट्रियल स्थित आइएटिए मुख्यालयले गर्दछ । यी सङ्केतहरूलाई वर्षमा दुई पटक आइएटिए एयरलाइन कोड निर्देशिका (कोडिङ्ग डायरेक्ट्री)मा प्रकाशित गर्ने गरिन्छ ।[३] आइएटिएले यो कोड रेलवे स्टेशनहरूको लागि पनि जारी गर्दछ ।

सूची[सम्पादन गर्नुहोस्]


इतिहास र सम्मेलन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]