सामग्रीमा जानुहोस्

महाजात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाजात्रा
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकप्रदीप भट्टराई
लेखकप्रदीप भट्टराई
निर्माताम्याक्स दिपेश खत्री
यज्ञेश्वर पौडेल
रवीन्द्रसिंह बानियाँ
(कार्यकारी निर्माता)
मुख्य कलाकार
सम्पादनमित्र गुरुङ
सङ्गीतआशिष अविरल
वितरक
कम्पनी
षट्कोण आर्ट्स
वितरकस्टेसन ५ (काठमाडौँ)
डिसिएन (नेपाल)
एमएसएम इन्टरटेन्मेन्ट्स (अन्तर्राष्ट्रिय)
प्रदर्शन मिति
२०७९ चैत ९
अवधि
१६० मिनेट
देशनेपाली
भाषानेपाली
बजेटरु २.५ करोड
बक्स अफिसरु २७.०८ करोड

महाजात्रा एक नेपाली हास्यप्रधान चलचित्र हो। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक तथा लेखक प्रदीप भट्टराई हुन्। म्याक्स दिपेश खत्री, यज्ञेश्वर पौडेल र रवीन्द्रसिंह बानियाँद्वारा निर्मित यो चलचित्र २०७९ चैत ९ गते, प्रदर्शनमा आएको थियो। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झावर्षा राउतको अभिनय रहेको छ। यो २०७६ मा प्रदर्शनमा आएको चलचित्र जात्रै जात्राको उत्तरकथा हो। यो चलचित्र चालिस देशहरूमा प्रदर्शन गरिएको थियो।

२०८० माघ १ आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा रहेको पहिलो गीत 'हाम्रो जोडी' २०८० माघ १ मा सार्वजनिक भएको थियो। गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन्।[] दोस्रो गीत साथी, २०८० चैत १४ मा कालीप्रसाद बास्कोटाको स्वर र सङ्गीतमा सार्वजनिक भएको थियो। गीतको शब्द हर्क साउदले लेखेका थिए।[]

क्र.सं.शीर्षकशब्दगायक/गायिका(हरू)लम्बाइ
१."हाम्रो जोडी"एकनारायण भण्डारीआशिष अविरल, अस्मिता अधिकारी४:०१
२."साथी"हर्क साउदकालीप्रसाद बास्कोटा२:३९
कुल लम्बाइ:६:४०

प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

यो चलचित्रले पहिलो हप्तामा ६.२४ करोडको व्यापार गरेको थियो जसले गर्दा यो नेपाली चलचित्र उद्योगमा एक प्रमुख सुपरहिट चलचित्र बनेको थियो।[] यस चलचित्रले प्रदर्शनको पहिलो १० दिनमा नेपालमा ८.०८ करोड र विदेशमा ५ करोडको व्यापार गरेको थियो।[] यस चलचित्रले प्रदर्शनको तेस्रो हप्ताको अन्त्यसम्ममा विश्वव्यापी रूपमा २३.१ करोड कमाएको थियो जसमा नेपालबाट १४.१ करोड र विदेशबाट लगभग ९ करोड समावेश छ।[] यस चलचित्रले चार हप्ताको अन्त्यमा नेपालबाट १५.९० करोड र विदेशबाट १०.७५ करोड कमाएर कुल २६.६५ करोड कमाएको थियो।[] यसको सफल ५१ दिनको दौडपछि, चलचित्रले नेपालमा १६.०८ करोड र विदेशबाट ११ करोड सङ्कलन गर्न सफल भएको थियो[] जसले यसलाई २०८० को सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र, विदेशमा सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र र अहिलेसम्मकै सबैभन्दा धेरै कमाई गर्ने नेपाली चलचित्रहरूमध्ये एक बनाएको थियो।[]

चलचित्रले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो।[][१०][११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "'महाजात्रा' को पहिलो गीत सार्वजनिक (भिडिओ)", सेतोपाटी (नेपालीमा), २०२४-०१-१५, मूलबाट २०२४-०१-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-१९ 
  2. "'महाजात्रा' को दोस्रो गीत 'मुरी मुरी साथी'", कान्तिपुर (नेपालीमा), २०२४-०३-२७, मूलबाट २०२४-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२७ 
  3. "'महाजात्रा' ले पहिलो हप्तामा कति कमायो?", सेतोपाटी (नेपालीमा), २०२४-०३-२९, मूलबाट २०२४-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-३० 
  4. "'महाजात्रा' को अहिलेसम्मको कमाइ कति?", सेतोपाटी (नेपालीमा), २०२४-०४-०३, मूलबाट २०२४-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-०५ 
  5. Setopati, सेतोपाटी कला, "'महाजात्रा' ले तीन सातामा कति कमायो?", सेतोपाटी (नेपालीमा), मूलबाट २०२४-०४-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२ 
  6. "महाजात्राले कमायो २६ करोड ६५ लाख", खबरहब (नेपालीमा), २०२४-०४-१९, अन्तिम पहुँच २०२४-०४-२१ 
  7. "शनिबार ५१ औं दिन मनाउँदै 'महाजात्रा', अहिलेसम्मको व्यापार कति?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  8. "५१ औँ दिनमा ‘महाजात्रा’", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  9. मोक्तान, रीना (२०२४-०३-२२), "फिल्म समीक्षा : राजनीति र अतिरञ्जनाभित्र जेलिएको 'महाजात्रा'", कान्तिपुर (नेपालीमा), मूलबाट २०२४-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२५ 
  10. तिमल्सिना, असीम (२०२४-०३-२६), "'महाजात्रा' को बरालिएको यात्रा", हिमाल खबर पत्रिका (नेपालीमा), मूलबाट २०२४-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-२७ 
  11. मास्के, चिरञ्जीवी (२०२४-०३-२८), "महाजात्रा : विकृत राजनीतिको विम्ब", अनलाइन खबर (नेपालीमा), मूलबाट २०२४-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-३० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]