सामग्रीमा जानुहोस्

राज्य‍

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

‍‍अर्थ

राज्यको अर्थ सन्दर्भ अनुसार भिन्दा भिन्दै हुन्छ।

१. कुनै एक देशको शासन संचालन गर्ने प्रणालीगत एक समग्र संगठनको रूपमा

जस्तै, नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्वन गर्ने एउटा सिंगो मुलुक अर्थात सिंगो देश अर्थात सिंगो राज्य हो। त्यस्तै, अमेरिका एक लोकतान्त्रिक र स्वतन्त्रतात्मक शासन प्रणाली अवलम्वन गर्ने एउटा सिंगो मुलुक अर्थात सिंगो देश अर्थात सिंगो राज्य हो। यस अर्थमा राज्य (State)लाई शासन वा शासन संचालन गर्ने प्रणालीगत एक समग्र संगठनको रूपमा लिन सकिन्छ।

२. कुनै एक देशको राजनैतिक प्रशासनिक एकाईको रूपमा

जस्तै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ७ वटा प्रदेश (Provinces)हरूको एउटा देश हो। त्यस्तै संयुक्त राज्य अमेरिका ५० वटा राज्य (States)हरूको एउटा देश हो। यस अर्थमा राज्य (State)लाई कुनै एउटा देशभित्रको प्रदेश अर्थात प्रान्त (Province) वा राज्य (State) जस्ता राजनैतिक प्रशासनिक एकाईको रूपमा लिन सकिन्छ।

अवधारणा[सम्पादन गर्नुहोस्]

राज्य भन्नाले त्यो संगठन हो जसभित्र देश हुन्छ, भूगोल हुन्छ, समाज, नागरिक, सार्वभौमिकता र सरकार हुन्छ। कुनै पनि सार्वभौम देशमा राज्य व्यवस्थाको स्थापना गरिएको हुन्छ। राज्य व्यवस्थाको उद्देश्य देश र नागरिकहरूको सुरक्षा गर्नु तथा सामाजिक र आर्थिक विकास गर्नु रहेको हुन्छ जसलाई राज्य व्यवस्था संचालन विधि अर्थात सरल अर्थमा शासन प्रणाली पनि भनिन्छ। हरेक देशले संविधानमा नै राज्य व्यवस्था कसरी संचालन गर्ने अर्थात देशको शासन प्रणाली कसरी संचालन गर्ने भन्ने संवैधानिक व्यवस्था गरेको हुन्छ। यसका लागि राज्यले विधि,-विधान, नीति-नियम, ऐन-कानून निर्माण गरी कार्यान्वयन गरेका हुन्छन्। जसमा राज्यका विविध संगठनहरू क्रियाशील रहन्छन्। त्यस्ता संगठनहरूमा कार्यकारी अंगका रूपमा सरकार एवं उसका मातहतका कार्यकारी निकायहरू, न्यायप्रणाली संचालनमा अदालत एवं न्यायिक निकायहरू र व्यवस्थापिका (जनप्रतिनिधि अर्थात सांसद सदन) संगठन रहेका हुन्छन्।

राज्य संरचनाका तत्वहरू[सम्पादन गर्नुहोस्]

कुनै पनि संरचनाका आधारभुत तत्वहरू हुन्छन्। राज्य संरचनाका पनि आधारभूत तत्वहरू छन्। ती तत्वहरू भूगोल, नागरिक, सरकार र समप्रभुता हुन। यस अर्थमा भौगोलिक क्षेत्र, जनसंख्या, सरकार र सार्वभौमिकता नै राज्य संरचनाका तत्व हुन्।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

नागरिक[सम्पादन गर्नुहोस्]

सरकार[सम्पादन गर्नुहोस्]

सार्वभौमिकता[सम्पादन गर्नुहोस्]

विश्व इतिहासमा शासकहरूको स्वार्थमा राज्यलाई निरकंश ढंगले संचालन गरेको पनि पाईएको छ।

वर्तमान समयमा सुशासन भएका देशहरूमा राज्य संचालनको उद्देश्य भनेको देशको विकास र समृदि्ध रहेको पाइन्छ। यसका लागि राज्यले मुलत तीन वटा प्रमूख अंगहरूको व्यवस्था र विकास गरेको पाईन्छ। राज्यका ती प्रमूख अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्।[२]

कार्यपालिका[सम्पादन गर्नुहोस्]

व्यवस्थापिका[सम्पादन गर्नुहोस्]

न्यायपालिका[सम्पादन गर्नुहोस्]

राज्यका उद्देश्य र दायित्व[सम्पादन गर्नुहोस्]

वर्तमान समयमा राज्यका कृयाकलापहरूको उद्देश्य देश र नागरिकका हित र समृद्धिका लागि अविचछिन्न रुपमा उत्तरदायी हुन्छन्। जसको उल्लेख यसरी गरिएको पाइन्छः-

 सुरक्षा
 सुशासन
 विधिको शासन (कानूनी राज्य)
 समृद्धिको पुर्वाधार
 मानव श्रोत र संशाधनको व्यवस्थापन र उचित उपयोग
 सुशासनमा नागरिक सहभागिता
 समृद्धिको लागि सार्वजनिक वित्तीय अर्थव्यवस्था
 देश र नागरिकको जनधनको व्यवस्थापन
 राष्ट्रिय विपद व्यवस्थापन
 समृद्धिका लागि अर्थ बजारको व्यवस्थापन[३]

सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "What is State? - Brief Outline on key Elements of Nation-State" 
  2. "Organs of State" 
  3. "Functions of State"