सामग्रीमा जानुहोस्

सार्वजनिक वित्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सार्वजनिक  वित्त  भनेको सरकारको आम्दानी र खर्चको अध्ययन गर्ने अर्थशास्त्रको महत्वपुर्ण अङ्ग हो । यसले सरकारको आय व्ययको अध्ययन गर्दछ । अर्थतन्त्रमा सरकारको भूमिकाको अध्ययन हो । यो अर्थशास्त्रको शाखा हो जसले सार्वजनिक प्राधिकरणहरूको सरकारी राजस्व र सरकारी खर्चको मूल्याङ्कन गर्दछ। सार्वजनिक वित्तले अर्थतन्त्रमा सरको भुमिकालाई विश्लेषण गर्दछ । सार्वजनिक वित्तले कुनै पनि देशको सरकारले विभिन्न स्रोतबट कसरी आम्दानी प्राप्त गर्छ भन्ने कुराको अध्ययन गर्छ र बिभिन्न क्षेत्र तथा कार्यक्रममा कसरी खर्च गर्छ भन्ने कुराको अध्ययन गर्दछ । शाब्दिक रुपमा जनताको हितमा सरकारी क्षेत्रबाट गरिने वित्तिय साधनको परिचालनलाइ सार्वजनिक वित्त भनिन्छ ।

सरकारले जनताको हितको लागि कुन क्षेत्रमा कति खर्च गर्ने ? त्यसको परिपुर्तिका लागि कुन कुन क्षेत्रबाट आम्दानी प्राप्त गर्ने ? आदि विषयवस्तुको लागि छुट्याइएको रकम तथा हिसाबकिताब सार्वजनिक वित्त हो ।

सार्वजनिक वित्तको प्रकृति Nature of public finance

  • सार्वजनिक वित्तको सम्बन्ध आय व्ययसँग हुन्छ ।
  • जनता र सरकारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।
  • यसले विभिन्न आर्थिक चरणहरुको कारण र असर सम्बन्धको व्याख्याबिश्लेषण गर्दछ ।
  • कर र त्यसको आर्थिक,सामाजिक प्रभावको विश्लेषण गर्छ ।
  • यो वास्तविक र आदर्श विज्ञान हो ।
  • यसले सार्वजनिक वित्त कस्तो थियो ? कस्तो छ ? र कस्तो हुनु पर्छ भन्ने कुराको विश्लेषण गर्दछ ।


सार्वजनिक वित्तका कार्य एवम् भुमिकाहरु

  1. बाडँफाडँ
  2. वितरण
  3. स्थिरता
  4. साधन परिचालन
  5. पुँजी निर्माण र आर्थिक वृद्धि
  6. साधनको पुनःबाडफाड
  7. सन्तुलित क्षेत्रिय विकास
  8. सामाजिक न्याय
  9. रोजगारीमा वृद्धि
  10. मानव संसाधनको व्यावस्थापन आदि ।


NOTE BY:- LAXMI BASNET.


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]